+
+
Shares

अकबरे खुर्सानीको भाउ घट्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ असार ३२ गते ११:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज अकबरे खुर्सानीको थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँले घटेको छ।
  • बुधबार प्रतिकिलो २ सय २५ रुपैयाँमा कारोबार भएको अकबरे खुर्सानी आज १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ।
  • असारको पहिलो साता २ सय ८० देखि ३ सय रुपैयाँसम्म पुगेको अकबरे खुर्सानीको मूल्यमा पछिल्लो समय गिरावट आएको छ।

३२ असार, काठमाडौं । बजारमा अकबरे खुर्सानी (हरियो) को भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले आज बिहीबार अकबरे खुर्सानीको भाउ घटेको देखाएको हो ।

आज अकबरे खुर्सानीको भाउ थोकमा प्रतिकिलो ३५ रुपैयाँले घटेको छ । बुधबार प्रतिकिलो थोकमा २ सय २५ रुपैयाँमा किनबेच भएकोमा आज प्रतिकिलो १ सय ९० रुपैयाँमा किनबेच भइरहेको छ ।

असार पहिलो साता भने अकबरे खुर्सानी २ सय ८० देखि ३ सय रुपैयाँसम्ममा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?