News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढेको छ।
- आज सुन प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
- चाँदीको भाउ तोलामा ९० रुपैयाँ घटेर आज ४ हजार ३ सय २५ रुपैयाँ कायम भएको छ।
३२ असार, काठमाडौं । बिहीबार सुनको मूल्य सामान्य बढेको छ भने चाँदी घटेको छ । सुनको भाउ तोलामा ४ सय रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार २ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८४ हजार ८ सय रुपैयाँ थियो । गत बिहीबार सुनको भाउ २ लाख ८४ हजार ७ सय रुपैयाँ थियो ।
चाँदीको भाउ आज तोलामा ९० रुपैयाँ घटेको छ । अघिल्लो दिन ४ हजार ४१५ रुपैयाँ रहेको चाँदी आज ४ हजार ३२५ रुपैयाँमा झरेको छ । यसअघि गत बिहीबार चाँदी ४ हजार ३४० रुपैयाँ थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4