+

एसीसी यू–१९ महिला प्रिमियर कप : इन्डोनेसियालाई हराउँदै नेपाल तेस्रो

२०८३ साउन  २ गते १०:२६ २०८३ साउन २ गते १०:२६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै तेस्रो भएको छ ।
  • इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य नेपालले १४ दशमलव २ ओभरमा १ विकेटको क्षतिमा पूरा गरेको छ ।
  • मनिषा उपाध्यायले ४ ओभरमा ७ रन खर्चेर ४ विकेट लिएपछि इन्डोनेसिया ६८ रनमै समेटिएको थियो ।

२ साउन, काठमाडौं । नेपाली महिला यू-१९ क्रिकेट टोली एसीसी यू–१९ महिला प्रिमियर कपमा तेस्रो भएको छ ।

शनिबार भएको खेलमा इन्डोनेसियालाई ९ विकेटले पराजित गर्दै नेपाल तेस्रो भएको हो । इन्डोनेसियाले दिएको ६९ रनको लक्ष्य नेपालले १४.२ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो ।

सना प्रवीण २५ रनमा अविजित रहिन् । साबित्री धामीले २४ रन बनाउँदा करुना बिष्ट १६ रनमा अविजित रहिन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इन्डोनेसियाले २० ओभरमा ९ विकेट गुमाएर ६८ रन बनाएको थियो ।

डेरनी राम्बुले अविजित ३४ रन बनाइन् । नि पुतु एलिनले ११ रन बनाइन् । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि मनिषा उपाध्यायले ४ ओभरमा ७ रन दिएर ४ विकेट लिइन् । अनु कडायतले २ विकेट लिँदा तिर्सना बिक, सोनी पाख्रिन र रचना चौधरीले १-१ विकेट लिए ।

नेपाल यसअघि शुक्रबार सेमिफाइनलमा यूएईसँग सुपर ओभरमा पराजित भएको थियो । यूएई र थाइल्यान्ड आजै उपाधिका लागि खेल्दै छन् ।

नेपाल यू-१९ एसिया कपमा भने छनोट भइसकेको छ ।

एसीसी यू–१९ महिला प्रिमियर कप नेपाली यू-१९ महिला क्रिकेट
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय