News Summary
Generated by OK AI. Editorially reviewed.- मिक्स मार्सल आर्ट्सका चर्चित खेलाडी रविन्द्र ढाँटलाई भाटभटेनी सुपरमार्केटले तीन वर्षका लागि आफ्नो ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको छ ।
- भाटभटेनीले रविन्द्रको अन्तर्राष्ट्रिय खेल करियरमा सहयोग पुर्याउन नगद र जिन्सीसहितको प्रायोजन गर्ने सम्झौता गरेको छ ।
- सम्झौताअनुसार रविन्द्रले भाटभटेनी, पेपे पिज्जा र पेपे आइसक्रिमको प्रचार तथा प्रवर्धनका गतिविधिहरूमा प्रतिनिधित्व गर्नेछन् ।
४ साउन, काठमाडौं । मिक्स मार्सल आर्ट्स (एमएमए)का चर्चित खेलाडी रविन्द्र ढाँटलाई भाटभटेनी सुपरमार्केटको ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् ।
भाटभटेनी सुपर मार्केट र यसअन्तर्गत रहेका पेपे पिज्जाले अन्तर्राष्ट्रिय स्तरमै चर्चित रविन्द्रलाई तीन वर्षका लागि ब्राण्ड एम्बेसडर नियुक्त गरेको हो ।
भाटभटेनीले सोमबार वित्तप्ती जारी गर्दै रविन्द्रको अन्तराष्ट्रिय खेल करियरमा सहयोग पुर्याउने उद्धेश्यले ब्राण्ड एम्बेसडर नियुक्त गरिएको जनाएको छ । सम्झौता अनुसार भाटभटेनीले रविन्द्रलाई नगद र जिन्सी सहित तीन वर्ष प्रायोजन गर्नेछ । यद्यपी सम्झौताको रकम दुवै पक्षले खुलाएका छैनन् ।
सम्झौतापछि रविन्द्रले भाटभटेनी सहित पेपे पिज्जा, पेपे आईसक्रिमको ब्राण्डको प्रचार र प्रबद्र्धन गतिविधिमा प्रतिनिधित्व गर्नेछन् ।
भाटभटेनीले अनुशासन, दृढता र उत्कृष्टताप्रतिको निरन्तर प्रयास दुवै पक्षको साझा मुल्य र मान्यता रहेको उल्लेख गर्दै सोही अनुसार रविन्द्रलाई आफ्नो ब्राण्डसँग जोडेको बताएको छ ।
नेपाली प्रतिभालाई प्रोत्साहन गर्नुका साथै देशभरका ग्राहकसँगको सम्बन्ध थप बलियो बनाउने उद्देश्यले यो सहकार्य गरिएको भाटभटेनीलेल जनाएको छ ।
एमएमएको विश्व चर्चित रोड टु यूएफसी सिजन ५ को सेमिफाइनल फाइटको तयारीमा रहेका रविन्द्रलाई अन्तर्राष्ट्रिय मञ्चमा नेपालका तर्फबाट उत्कृष्ट प्रदर्शन गर्न यो सहकार्यले थप प्रेरणा प्रदान गर्ने विश्वास छ ।
सन् १९८४ मा स्थापना भएको भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर नेपालको रिटेल ब्यापारको सबैभन्दा उत्कृष्ट गन्तब्यको रुपमा स्थापित छ । कम्पनीले पेपे पिज्जा र पेपे आइसक्रिमलगायत स्वदेशी ब्रान्डहरू पनि सञ्चालन गर्दै आएको छ ।
प्रतिक्रिया 4