News Summary
Generated by OK AI. Editorially reviewed.- नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयबीच क्षमता विकास तथा अनुसन्धान सहकार्यका विषयमा काठमाडौँमा महत्वपूर्ण छलफल भएको छ।
- छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराईसहित अनुसन्धानकर्ताहरू र विश्वविद्यालयका प्रतिनिधिहरूले क्षेत्रीय आउटपोस्टको अवधारणाबारे विचार विमर्श गरेका छन्।
- दुवै संस्थाबीच गत माघ २६ गते आपसी सहयोग र सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भइसकेको छ।
५ साउन, काठमाडौं । नीति अनुसन्धान प्रतिष्ठान र मध्यपश्चिम विश्वविद्यालयका पदाधिकारीबीच आज काठमाडौँमा क्षमता विकास, विद्यार्थी संलग्नता, विज्ञसूची, प्रतिष्ठानको अध्ययनहरूका लागि क्षेत्रीय आउटपोस्टको अवधारणालगायतका विषयमा छलफल भएको छ ।
छलफलमा प्रतिष्ठानका कार्यकारी निर्देशक लक्ष्मणप्रसाद भट्टराई तथा वरिष्ठ अनुसन्धानकर्ता, डा दीपककुमार खड्का, डा मोहनकुमार शर्मा, डा खगनाथ अधिकारी, डा हरि शर्मा न्यौपाने, र डा कल्पना खनाल तथा मध्यपश्चिम विश्वविद्यालयका अन्तर्राष्ट्रिय सम्बन्ध निर्देशनालयका निर्देशक तथा नीति प्रयोगशालाका संयोजक डा यदुप्रसाद ज्ञवाली र फ्याकल्टी मेम्बर एवं पीएचडी स्कलर लोकबहादुर ओली सहभागी थिए ।
प्रतिष्ठान र विश्वविद्यालयबीच गत माघ २६ गते आपसी सहयोग र सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4