+
+
Shares

लगातार छैटौं दिन बढ्यो सेयर बजार, साढे ६ अर्ब नाघ्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लगातार छैटौं कारोबार दिन नेप्से परिसूचक ७.२५ अंकले बढेर २७२६ विन्दुमा कायम भएको छ।
  • बजारमा आज कुल ६ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
  • कारोबारमा १०३ कम्पनीको मूल्य बढ्दा १६२ कम्पनीको घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ।

५ साउन, काठमाडौं । लगातार छैटौं कारोबार दिन सेयर बजार बढेको छ । मंगलबार बजार परिसूचक नेप्से ७.२५ अंक बढेको छ ।

यो वृद्धिपछि नेप्से २७२६ अंकमा कायम भएको छ । यो अंक जेठ २८ यताकै उच्च हो । गत साताको मंगलबार, बुधबार, बिहीबार, शुक्रबार पनि बजार बढेको थियो । हिजो सोमबार ४१.७० अंक बढेको थियो ।

आज १०३ कम्पनीको मूल्य बढ्दा १६२ को घटेको छ भने १२ को स्थिर रह्यो । आज बजार केही उतारचढावमा रह्यो । दिउँसो १२ : ४९ बजे नेप्से २७५३ अंकसम्म पुगेको थियो ।

कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब १५ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६७ करोड रुपैयाँको भयो । समूहगत सूचकमा मिश्रित प्रतिक्रिया देखिएको छ । व्यापार सबैभन्दा धेरै २.८८ प्रतिशत बढ्यो । त्यस्तै अन्य १.२०, उत्पादन तथा प्रशोधन ०.६४, लगानी ०.४९ तथा बैंकिङ ०.०९ प्रतिशत बढे ।

विकास बैंक ०.४०, फाइनान्स ०.६२, होटल तथा पर्यटन ०.२३, जलविद्युत् ०.०५, जीवन बीमा ०.१७, माइक्रोफाइनान्स ०.०२, निर्जीवन बीमा ०.१४ प्रतिशत घटे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । कालंगा हाइड्रोपावरको ७.५०, बोटलर्स नेपाल बालाजुको ७.४२, सानीगढ हाइड्रोपावरको ६.५६, स्नो रिभर्सको ६.०२, रिडी पावरको ५.३४ प्रतिशत मूल्य बढ्यो । त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ६.५४, भुजुङ हाइड्रोपावरको ४.५८, चिरख्वा हाइड्रोपावरको ४.४४ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिडी पावर, आँखुखोला जलविद्युत्, रिलायन्स स्पिनिङ मिल्स, हिमालयन रिइन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?