+
+
Shares

कीर्तिपुरमा कारभित्रै जल्ने व्यक्तिको पहिचान खुल्यो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १७:०९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्रै जलेर मृत्यु भएका व्यक्तिको सुरेशचन्द श्रेष्ठको रूपमा पहिचान खुलेको छ ।
  • मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारधनी श्रेष्ठको घटनास्थलमै मृत्यु भएको थियो ।
  • जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ र प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

५ साउन, काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँट कारभित्रै जलेर मृत्यु हुने व्यक्तिको पहिचान खुलेको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार कारभित्रै जलेर मृत्यु हुने व्यक्ति सुरेशचन्द श्रेष्ठ हुन् । उनी कारधनी समेत रहेको प्रहरीले बताएको छ ।

मंगलबार बिहान बा ५ च ३०३८ नम्बरको कारमा आगलागी हुँदा कारभित्र रहेका श्रेष्ठको मृत्यु भएको थियो ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको हो । घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?