+
+
Shares

वरिष्ठ पशु चिकित्सक डा. घिमिरेलाई सेवाबाट हटाउने निर्णय, १४ जनामाथि थप कारबाही अघि बढ्दै

निजामती सेवा ऐन २०४९ बमोजिम विभागीय सजाय सम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ५ गते १९:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कृषि, वन तथा पर्यावरण मन्त्रालयले वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई निजामती सेवाबाट हटाउने निर्णय गरेको छ।
  • लोक सेवा आयोगको परामर्शमा निजामती सेवा ऐन २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम उनलाई सेवाबाट हटाइएको हो।
  • मन्त्रालयले सोही प्रकृतिका मुद्दामा थप १४ जना कर्मचारीविरुद्ध पनि विभागीय कारबाही प्रक्रिया अघि बढाएको छ।

५ साउन, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु सेवा विभागका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेविरुद्ध विभागीय कारबाही प्रक्रिया टुंग्याउँदै निजामती सेवाबाट हटाउने निर्णय गरेको छ ।

कृषि मन्त्रालयका अनुसार निजामती सेवा ऐन २०४९ बमोजिम विभागीय सजाय सम्बन्धी प्रक्रिया पूरा गरी यसअघि लोक सेवा आयोगको परामर्श मागिएको थियो ।

आयोगबाट प्राप्त परामर्शका आधारमा निजामती सेवा ऐन २०४९ को दफा ५९ को खण्ड (ख) बमोजिम भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने विभागीय सजाय लागु गर्ने निर्णय गरिएको हो।

मन्त्रालयका अनुसार सम्बन्धित कर्मचारीविरुद्ध आवश्यक विभागीय कारबाही सम्पन्न गरी त्यसको जानकारी लोक सेवा आयोगलाई गराइने जनाइएको छ ।

मन्त्रालय स्रोत अनुसार यस्तै प्रकृतिका मुद्दामा थप १४ जना कर्मचारीविरुद्ध विभागीय कारबाही प्रक्रिया अघि बढिरहेको र कानुनी प्रक्रिया पूरा भएपछि आवश्यक निर्णय गरिने तयारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?