News Summary
Generated by OK AI. Editorially reviewed.- स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा ट्रकको ठक्करबाट ५५ वर्षीय मोटरसाइकल चालक विनोद अर्यालको मृत्यु भएको छ ।
- मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको ट्रकले मोटरसाइकललाई ठक्कर दिएको र उपचारका क्रममा अर्यालको मृत्यु भएको प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिनुभयो ।
- प्रहरीले ट्रक चालक २४ वर्षीय निरज चन्दलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।
५ साउन, स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका–८ मिर्दीस्थित सिद्धार्थ राजमार्गमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा वालिङ नगरपालिका–६ आमडालीका ५५ वर्षीय विनोद अर्याल रहेका छन् ।
दुर्घटनामा गम्भीर घाइते भएका अर्यालको उपचारको क्रममा मृत्यु भएको स्याङ्जाका प्रहरी नायव उपरीक्षक रमेशदत्त अवस्थीले जानकारी दिए ।
प्रहरीका अनुसार मंगलबार साँझ मिर्दीबाट भकुण्डेतर्फ जाँदै गरेको से १ क ११८० नम्बरको ट्रकले सोही दिशातर्फ अघि बढिरहेको ग १८ प ६२१६ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
दुर्घटनापछि ट्रक चालक बैतडीको मेलौली नगरपालिका–२ का २४ वर्षीय निरज चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रकसहित चालकलाई वडा प्रहरी कार्यालय वालिङमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया 4