+
+
Shares

खोलामा नुहाउने क्रममा बगेर बेपत्ता भएकी बालिका मृत फेला

सभापोखरी गाउँपालिका–६ बाह्रबिसेमा नुहाउने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी  १२ वर्षीया बालिका मृत अवस्था फेला परेकी छन् ।

भविन कार्की भविन कार्की
२०८३ साउन ५ गते २१:३७

५ साउन, संखुवासभा । सभापोखरी गाउँपालिका–६ बाह्रबिसेमा नुहाउने क्रममा खोलाले बगाउँदा बेपत्ता भएकी  १२ वर्षीया बालिका मृत अवस्था फेला परेकी छन् । मंगलबार दिउँसो करिब साढे २ बजे स्थानीय तुलबहादुर लिम्बूकी १२ वर्षीया छोरी जानकी लिम्बू घरदेखि २०० मिटर टाढा रहेको सभाखोलामा नुहाउँदै गर्दा बगेर बेपत्ता भएकी थिइन् ।

जानकीको शव पाँचखपन नगरपालिका–१ मा निर्माणाधीन दिव्यश्वरी हाइड्रोपावरको ड्याम नजिकै ढुंगामा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार खबर प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा शव पानीबाट बाहिर निकालिएको छ ।

शव अहिले पोस्टमार्टमका लागि जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?