+
+
Shares

नेपाली युवाले टोकियोमा खोले ‘चाँदनी रोधी घर’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते १०:२८

५ साउन, टोकियो । जापानमा रहेका नेपाली युवाहरूको सक्रियतामा टोकियोको शिन्जुकु क्षेत्रमा ‘चाँदनी रेस्टुरेन्ट एन्ड रोधी घर’ सञ्चालनमा आएको छ।

नेपाली कला, संस्कृति, स्वाद र मनोरञ्जनलाई प्रवर्द्धन गर्ने उद्देश्यसहित करिब ३ करोड येनको लगानीमा स्थापना गरिएको रोधी घरका सञ्चालकमध्येका एक प्रकाश श्रेष्ठले जानकारी दिए । श्रेष्ठले जापानमा बसोबास गर्ने नेपाली समुदायलाई आफ्नै गाउँघरको स्वाद, सांस्कृतिक वातावरण र मनोरञ्जन एकै स्थानमा उपलब्ध गराउने लक्ष्यसहित व्यवसाय सुरु गरिएको बताए।

रोधी घरको औपचारिक उद्घाटन जुलाई १९ देखि २६ सम्म सप्ताहव्यापी कार्यक्रम राखेर आयोजना गरिएको छ। उद्घाटन सप्ताहभर हरेक दिन बेलुका ४ बजेदेखि विशेष सांस्कृतिक तथा साङ्गीतिक कार्यक्रम सञ्चालन हुने उनले बताए ।

कार्यक्रममा नेपाली लोकदोहोरी क्षेत्रकी चर्चित गायिका काजल गुरुङ, गायक सूर्य खड्का, सविन गुरुङलगायत कलाकारले प्रत्यक्ष प्रस्तुति दिँदै उपस्थित दर्शकलाई एक सातासम्म मनोरञ्जन प्रदान गर्नेछन्।

टोकियोको व्यस्त क्षेत्र ओकुबो, शिन्जुकुमा सञ्चालनमा आएको चाँदनी रोधी घरले नेपाली परिकार, आत्मीय आतिथ्य, सांस्कृतिक वातावरण तथा नियमित साङ्गीतिक कार्यक्रममार्फत प्रवासमा नेपालीपनको अनुभूति दिलाउने सञ्चालकहरूले दाबी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?