+
+
Shares

५ किलोमिटर दौडिएपछि गगनले भने- ‘गाडीमा ब्रेक नहुनेले सरकार र दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’

उनले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने प्रणसमेत गरे ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ६ गते ९:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान राजनीतिक नेतृत्वमा संयम र दूरदृष्टिको खाँचो रहेको बताए ।
  • थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीप्रति व्यङ्ग्य गर्दै नेतृत्वमा ब्रेक नहुने प्रवृत्ति देखिएको टिप्पणी गरे ।
  • उनले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने प्रणसमेत गरे ।

६ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकार र प्रतिपक्ष दुवैको कार्यशैलीमाथि व्यंग्य गर्दै वर्तमान राजनीतिक नेतृत्वलाई संयम र दूरदृष्टिको खाँचो रहेको बताएका छन् ।

बीपी कोइरालाको स्मृति दिवसका अवसरमा बुधबार आयोजित ‘ग्रिन रन’ कार्यक्रममा थापाले ‘गाडीमा ब्रेक नहुनेले सरकार चलाउने, दौडमा ब्रेक नहुनेले प्रतिपक्ष चलाउने’ भन्दै सरकार र प्रतिपक्ष दुवैको शैलीमाथि कटाक्ष गरे ।

उनले जननायक बीपी कोइरालाले देखाएको बाटोमा दत्तचित्त भएर, दृढ संकल्पित भएर र रत्तिभर विचलित नभई अगाडि बढ्ने प्रणसमेत गरे ।

थापाले नेपाली कांग्रेसले अब बीपी कोइरालाका सामाजिक न्याय, समावेशिता र प्राकृतिक स्रोतको न्यायपूर्ण उपयोगसम्बन्धी विचारलाई वर्तमान सन्दर्भमा पुनर्जीवित गर्ने बताए । जलवायु परिवर्तनलाई नेपालको विकासको मूल एजेन्डा बनाउने उद्देश्यले पार्टीले विज्ञहरूसँग छलफल सुरु गरेको र त्यसबाट आएका सुझावलाई नीति निर्माणमा समेटिने उनले प्रतिबद्धता जनाए ।

कार्यक्रममा थापाले कांग्रेसले ‘मानव सहायता कल्याण कोष’ स्थापना गरेको र त्यसमा सुरुआतमै १० लाख रुपैयाँ जम्मा भएको जानकारी पनि गराए । उनका अनुसार उक्त रकम तत्कालका लागि विस्थापित सुकुमवासी परिवार, विशेषगरी एकल महिला र शिक्षाबाट वञ्चित हुन थालेका बालबालिकाको सहयोगमा खर्च गरिने जानकारी दिए ।

थापाले ‘ग्रिन रन’ केवल जनचेतनामूलक कार्यक्रम नभई नयाँ सामाजिक अभियानको सुरुआत भएको उल्लेख गर्दै कांग्रेसले देशव्यापी नयाँ अभियान विहीबार सार्वजनिक गर्ने जानकारी पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?