+
+
Shares

बीपीको स्मृतिमा कांग्रेस संस्थापनइतरको छुट्टै सभा, को–को पुगे ? (तस्वीरहरू)

संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) लगायतका कार्यक्रम आयोजना गरेका बेला इतर पक्षले प्रज्ञा भवनमा अलग्गै कार्यक्रम गरेको हो ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन ६ गते १४:०५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा काठमाडौंको प्रज्ञा भवनमा आज छुट्टै समारोह आयोजना गरेको छ।
  • पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा गठित समितिले आयोजना गरेको उक्त कार्यक्रममा नेताहरू शेखर कोइराला र कृष्णप्रसाद सिटौला लगायतको उपस्थिति रहेको छ।
  • संस्थापन पक्षले जलवायु परिवर्तनविरुद्ध 'ग्रिन रन' कार्यक्रम गरिरहँदा इतर समूहले भने बीपी स्मृति दिवस अलग्गै मनाउने निर्णय गरेको हो।

६ असार, काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहले बीपी स्मृति दिवसका अवसरमा छुट्टै समारोह आयोजना गरेको छ ।

काठमाडौंको प्रज्ञा भवनमा छुट्टै समारोह आयोजना गरेको हो ।

संस्थापन पक्षले जलवायु परिवर्तनप्रति जनचेतना जगाउने उद्देश्यले ‘ग्रिन रन’ (पाँच किलोमिटर दौड) लगायतका कार्यक्रम आयोजना गरेका बेला इतर पक्षले प्रज्ञा भवनमा अलग्गै कार्यक्रम गरेको हो ।

३ साउनमै निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा बसेको बैठकले बीपी स्मृति दिवस छुट्टै मनाउने निर्णय गरेको थियो ।

समारोह आयोजना गर्न कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको थियो ।

प्रज्ञा भवनमा आयोजित सभामा कांग्रेस इतर पक्षका नेताहरू खड्का र सिंहसहित कृष्णप्रसाद सिटौला, मोहन बस्नेत, बिमलेन्द्र निधि, शशांक कोइराला, शेखर कोइराला लगायत उपस्थिति छन् ।

हेर्नुस् तस्वीरहरू–

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?