+
+
Shares

शंकास्पद गतिविधिको आरोपमा काठमाडौं उपत्यकाबाट २४ घण्टामा १६९ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते ८:०४

७ साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट गत २४ घण्टामा शंकास्पद गतिविधिमा संलग्न १६९ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

काठमाडौंबाट सबैभन्दा धेरै १५६ जना पक्राउ परेका छन् । ललितपुरबाट ११ र भक्तपुरबाट २ जना पक्राउ परेका छन् ।

नियन्त्रणमा रहेका सबैमाथि अनुसन्धान भइरहेको काठमाडौं उपत्यका प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी २६ जना फरार प्रतिवादीलाई पनि गत २४ घण्टामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

४०० जनाभन्दा धेरै ट्राफिक प्रहरीको कारबाहीमा

यसैबीच गत २४ घण्टामा काठमाडौं उपत्यकामा ४०० जना भन्दा धेरै ट्राफिक प्रहरीको कारबाहीमा परेका छन् । सबैभन्दा धेरै तीव्र गतिमा सवारी साधन चलाउने १०० जना कारबाहीमा परेका छन् ।

यसैगरी सडक तथा फुटपाथमा पार्किङ गर्ने ६९ जना, रातो बत्तीको उल्लंघन गर्ने ५६ जना, मादक पदार्थ सेवन गरी सवारी साधन चलाएका ५२ जना पनि कारबाहीमा परेका छन् ।

यस्तै अनावश्यक हर्न बजाउने ४४ जना, अवस्था ठीक नभएका सवारी साधन चलाउने ५० जना र जथाभावी यात्रु चढाउने तथा ओराल्ने ३५ जना चालकहरूलाई पनि कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?