७ साउन, काठमाडौं । आज लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको नियुक्तिका लागि प्रस्तुतिकरण र अन्तर्वार्ता हुँदैछ ।
लगानी बोर्डको प्रमुख अधिकृतको नियुक्तिका लागि सिफारिस समितिको कार्यालयका अनुसार लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्तिका लागि संक्षिप्त सूचीमा परेका उम्मेवारहरुको व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण तथा अन्तर्वार्ता गरिँदैछ ।
संक्षिप्त सूचीमा परेका उम्मेदवारहरुमा सुमनमान सिंह बस्न्यात, जितेन्द्र धिताल, डा. मुकुन्द प्रसाद पौड्याल, डा. सरोज कोइराला, याङकी उक्याव, बखतबहादुर शाही, मनोज पौडेल र मधुप्रसाद भेटुवाल रहेका छन् ।
उम्मेदवारहरूको अर्थ मन्त्रालय आज र प्रस्तुतीकरण र अन्तर्वार्ता हुनेछ । रणनैतिक कार्ययोजनाको प्रस्तुतिकरण र अन्तर्वार्ताको समय तालिका नै तय गरिएको छ । जसअनुसार उम्मेदवारहरूको प्रस्तुतिकरण र अन्तर्वार्ता हुनेछ ।
उम्मेदवारलाई आफ्नो लागि तोकिएको समयभन्दा ३० मिनेट अगावै व्यावसायिक कार्ययोजना प्रस्तुतीकरणको सफ्टकपी र आवेदनसाथ पेस गरिएको सम्पूर्ण कागजातको सक्कल प्रतिसहित उपस्थित हुन भनिएको छ । प्रस्तुतिकरण र अन्तर्वार्ताको समय १ घण्टाको हुनेछ ।
प्रतिक्रिया 4