+
+
Shares

न्यायपूर्ण सहभागिताको माग राखेर माइतीघरमा द्वन्द्व पीडितको धर्ना

आर्यन धिमाल आर्यन धिमाल
२०८३ साउन ७ गते १५:०३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • द्वन्द्वपीडितहरूले शान्ति प्रक्रियामा अर्थपूर्ण सहभागिता र न्यायको सुनिश्चितताको माग गर्दै काठमाडौंको माइतीघर मण्डलमा धर्ना दिएका छन्।
  • पीडित समुदायले विश्वसनीय र पारदर्शी प्रक्रियाबाट सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।
  • कार्यक्रममा अधिकारकर्मीहरूले पीडितको सक्रिय सहभागिता नभई गरिने संक्रमणकालीन न्याय अर्थहीन हुने बताएका छन्।

७ साउन, काठमाडौं । शान्ति प्रक्रियामा न्यायपूर्ण सहभागिता हुनुपर्ने माग राखेर द्वन्द्व पीडितहरूले काठमाडौंमा धर्ना दिएका छन् ।

दशक लामो माओवादी द्वन्द्वबाट पीडित भएकाहरूको अर्थपूर्ण सहभागिता बिना गरिने न्याय पीडितका लागि हुन नसक्ने उनीहरूको धारणा छ ।

द्वन्द्व पीडित समुदायसँगको संवाद र अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने, विश्वसनीय र पारदर्शी प्रक्रियाद्वारा सत्य निरुपण तथा बेपत्ता छानबिन आयोग गठन गर्नुपर्ने उनीहरूको माग छ ।

बिहीबार माइतीघर मण्डलमा आयोजित कार्यक्रममा द्वन्द्वपीडित तथा अधिकारकर्मीहरूले पीडितको सहभागिता बिनाको संक्रमणकालीन न्याय अर्थहीन हुने बताए ।

धर्ना कार्यक्रममा मैना कार्की, सुरेन्द्र खत्री, एकराज भण्डारी, चरण प्रसाईं, बद्री भुसाल लगायतले मन्तव्य राखेका थिए ।

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?