+
+
Shares

१४ अंक बढ्यो सेयर बजार, घट्यो कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ७ गते १५:१७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सेयर बजार परिसूचक नेप्से बिहीबार १४.१७ अंकले बढेर २७२६ अंकमा पुगेको छ ।
  • बजारमा आज ४ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
  • लकइन अवधि सकिएपछि कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १५ प्रतिशतले घटेको छ ।

७ साउन, काठमाडौं । अघिल्लो दिन १३.९५ अंक घटेको सेयर बजार बिहीबार १४.१७ अंक बढेको छ । यो वृद्धिसँगै बजारको परिसूचक नेप्से २७२६ अंकमा कायम भएको छ, जुन दिनभरको अधिकतम अंक पनि रह्यो ।

दिउँसो १२ : २३ बजे नेप्से परिसूचक २६८९ अंकसम्म झरेको थियो, जुन आज कारोबार अवधिभरको न्यूनतम अंक रह्यो । आज १४९ कम्पनीको मूल्य बढ्दा ११५ को घटेको छ भने १२ को स्थिर रह्यो ।

कारोबार रकम घटेको छ । अघिल्लो दिन ५ अर्ब १८ करोडको कारोबार भएकोमा आज ४ अर्ब ६७ करोडको भयो । धेरैजसो समूहगत सूचक बढेका छन् । व्यापार सबैभन्दा धेरै २.५८ प्रतिशत बढ्यो । त्यस्तै बैंकिङ ०.३८, विकास बैंक ०.७४, फाइनान्स ०.२७, होटल तथा पर्यटन ०.९९, जलविद्युत् १.१२, जीवन बीमा ०.२९, उत्पादन तथा प्रशोधन ०.३१, माइक्रोफाइनान्स ०.१३, निर्जीवन बीमा ०.६४ प्रतिशत बढे । अन्य ०.०८ तथा लगानी ०.४२ प्रतिशत घटे ।

हालै सूचीकृत भएको नयाँ कम्पनी एभरेस्ट कलरको मूल्य १५ प्रतिशत बढ्यो । त्यस्तै स्नो रिभर्सको १३.७१, एपोलो हाइड्रोपावरको ९.२५, होटल फरेस्ट इनको ७.५१ तथा सोपान फर्मास्युटिकल्सको मूल्य ७.४७ प्रतिशत बढ्यो ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य १५ प्रतिशत घट्यो । बुधबारदेखि यस हाइड्रोपावरको संस्थापक, स्थानीय र कर्मचारीको गरी कुल १२ लाख ९ हजार १६९ कित्ता सेयरमा लकइन अवधि सकिएको छ । जसले बिहीबारको मूल्यलाई असर पार्‍यो ।

त्यस्तै बुंगल हाइड्रोपावरको ९.९३, रिलायन्स स्पिनिङ मिल्सको ४.४८ प्रतिशत मूल्य घट्यो ।

आज रकमका आधारमा धेरै कारोबार भएका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, आँखुखोला जलविद्युत्, रिडी पावर, सोलु हाइड्रोपावर र एनआरएन इन्फ्रास्ट्रक्चर छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?