News Summary
Generated by OK AI. Editorially reviewed.- सिरहाको भगवानपुर गाउँपालिका-३ बाट भारततर्फ लैजाँदै गरेको २१ लाख २७ हजार २१० रुपैयाँ बराबरको अवैध मदिरा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।
- सशस्त्र प्रहरीको गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको कार जाँच गर्ने क्रममा उक्त ठूलो परिमाणको मदिरा बरामद गरेको हो।
- बरामद मदिरासहित सवारी साधनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको र घटनापछि कार चालक फरार रहेको एसपी सुमनजङ थापा मगरले जानकारी दिनुभयो।
७ साउन, सिरहा । सशस्त्र प्रहरीले सिरहाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा मदिरा र मदिरा लैजान प्रयोग भएको गाडी नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं. ७ गणबाट खटिएको प्रहरी टोलीले करिब २१ लाख २७ हजार २१० रुपैयाँ बराबरको अवैध मदिरा र कार नियन्त्रणमा लिएको हो ।
सशस्त्र प्रहरीका अनुसार आज बिहान करिब २:०५ बजे सिरहाको भगवानपुर गाउँपालिका–३ धाँतीस्थित दशगजा नजिक सीमा क्षेत्रमा सीमा सुरक्षा गुल्म मुख्यालय इनर्वाबाट खटिएको ९ सदस्यीय मोबाइल गस्ती टोलीले शंकास्पद अवस्थामा रहेको डिएल–७ च ९७९२ नम्बरको सेतो रङको मारुती सुजुकी कार जाँच गर्ने क्रममा ठूलो परिमाणमा अवैध मदिरा फेला पारेको हो।
बरामद मदिरामा ब्ल्याक ओक, अर्ना क्यान बियर, बाह्रसिङ्गे बियर तथा कस्तुरी मदिरा रहेका छन्।
कारसहित बरामद गरिएको मदिराको कुल अनुमानित मूल्य २१ लाख २७ हजार २१० रुपैयाँ रहेको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण सिरहाका प्रमुख एसपी सुमनजङ थापा मगरले जानकारी दिए।
प्रहरीका अनुसार कार चालक भने फरार छन् ।
प्रतिक्रिया 4