News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रमुख राजनीतिक दलहरूमाथि लगाइएको आरोपप्रति कडा आपत्ति जनाएका छन् ।
- उनले देशको लोकतान्त्रिक आन्दोलनमा दलहरूको योगदानलाई अवमूल्यन गरी गलत भाष्य सिर्जना गर्न खोजिएको आरोप लगाए।
७ साउन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस, नेकपा एमाले र नेकपामाथि हुने टिप्पणीमाथि आक्रोश व्यक्त गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले दुई-तीन पार्टीले खाए भनेर भनिएको भन्दै आपत्ति जनाएका हुन् ।
उनले पार्टीले खाएको नभई योगदान दिएको बताए ।
‘तीन पार्टीले खाए रे ! खाए भन्ने कुरा हो र बलिदान दिए । ००७ सालमा को थियो ? 0३२ मा को थियो? ४६ मा को थियो ? ०६२/६३ मा को थियो ? जेल बस्ने बेलामा को थियो ?,’ ओलीले भने, ‘दुईटाले खाए भनेर गलत भाष्य स्थापना गर्न खोजेका छन् । खुब फोटोको छापेको देख्छु तीनटाले खाए भनेर।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4