News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेताका रूपमा चयन गरिएको सार्वजनिक रूपमा घोषणा गरेका छन्।
- क्यान्सर रोगबाट पीडित भई उपचार गराइरहेका श्रेष्ठले विगतमा कार्यवाहक सभापति र उपसभापतिलगायतका जिम्मेवारी सम्हालेका थिए।
- श्रेष्ठले यसअघि पार्टीको विशेष महाधिवेशन हुनुपर्ने पक्षमा आफ्नो स्पष्ट धारणा राख्दै आएका थिए।
७ साउन, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले नेता गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाइएको जानकारी गराएका छन् ।
बिहीबार काठमाडौं भएको कार्यक्रम मार्फत सभापति थापाले नेता श्रेष्ठलाई वरिष्ठ नेता बनाउने घोषणा गरेका हुन् ।
विशेष महाधिवेशनको पक्षमा खुलेका श्रेष्ठ हाल उपचारका क्रममा छन् । उनी क्यान्सर रोगबाट पिडित छन् । हाल नेपालमा उपचाररत श्रेष्ठको केही समय अघि भारतमा समेत उपचार भएको थियो ।
पूर्व सभापति शेरबहादुर देउवा निकट रहेर लामो समय कार्य गरेका श्रेष्ठले विगतमा कार्यवाहक सभापति, उपसभापति लगायका पदीय भूमिकामा समेत थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4