+

राजेश हमाल बने कर्णाली शिवराजका ब्रान्ड एम्बासडर

२०८३ साउन  ८ गते १७:५६ २०८३ साउन ८ गते १७:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • महानायक राजेश हमाल नेपाल भलिबल लिगको फ्रेन्चाइज टोली कर्णाली शिवराजको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
  • कर्णाली शिवराजले कामना विष्ट र प्रगति नाथलाई क्विन अफ कर्णाली तथा सुमित्रा रेग्मीलाई ग्लोरी अफ कर्णाली घोषणा गरेको छ।
  • एमएमए फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णाली घोषित गर्दै टोलीले आफ्नो आधिकारिक एन्थम सार्वजनिक गरेको छ।

९ साउन, काठमाडौं । नेपाली चलचित्रका महानायक राजेश हमाल नेपाल भलिबल लिग (एनभीएल) को फ्रेन्चाइज टोली कर्णाली शिवराजका ब्रान्ड एम्बासडर नियुक्त भएका छन् ।

शुक्रबार आयोजित विशेष कार्यक्रममार्फत कर्णाली शिवराजले हमाललाई औपचारिक रूपमा ब्रान्ड एम्बासडर घोषणा गरेको हो । सोही कार्यक्रममा टोलीले फेस अफ कर्णाली, क्विन अफ कर्णाली, ग्लोरी अफ कर्णाली तथा आफ्नो आधिकारिक एन्थम ‘आयो आयो कर्णाली शिवराज’ पनि सार्वजनिक गरेको छ ।

कर्णाली क्षेत्रका राष्ट्रिय टोलीका खेलाडी कामना विष्ट र प्रगति नाथलाई क्विन अफ कर्णाली नियुक्त गरिएको छ ।

त्यस्तै, दुई पटक महिला फ्रेन्चाइज टोलीलाई उपाधि दिलाएकी कप्तान सुमित्रा रेग्मीलाई ग्लोरी अफ कर्णाली घोषित गरिएको छ ।

यसैगरी, एमएमए फाइटर रविन्द्र ढाँटलाई फेस अफ कर्णाली घोषणा गरिएको छ । रोड टु यूएफसी सिजन–५ को तयारीका लागि इन्डोनेसियामा रहेका कारण उनी कार्यक्रममा उपस्थित हुन सकेनन् ।

उनले भिडियो सन्देशमार्फत टोलीलाई शुभकामना दिएका थिए ।

तस्वीरहरू : विकास श्रेष्ठ

कर्णाली शिवराजका विशेष अनुहारहरू :

ब्रान्ड एम्बासडर : राजेश हमाल
क्विन अफ कर्णाली : कामना विष्ट, प्रगति नाथ
ग्लोरी अफ कर्णाली : सुमित्रा रेग्मी
फेस अफ कर्णाली : रविन्द्र ढाँट

कर्णाली शिवराज राजेश हमाल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय