+
नेपाल प्रिमियर लिग :

ट्रम्पलमनले लुम्बिनी लायन्सबाटै खेल्ने

२०८३ साउन  ८ गते १९:०६ २०८३ साउन ८ गते १९:०६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिगको उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका तीव्र गतिका बलर रुबेन ट्रम्पलमनलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ।
  • गत संस्करणमा प्लेयर अफ द टूर्नामेन्ट बनेका ट्रम्पलमनले १० खेलमा १५ विकेट लिएका थिए ।
  • लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले रुबेन ट्रम्पलमनलाई लुम्बिनी लायन्समा पुनः भित्र्याउँदै उपाधि रक्षा अभियान सुरु गरेको बताए ।

८ साउन, काठमाडौं । लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि रक्षा गर्ने उद्देश्यसहित नामिबियाका रुबेन ट्रम्पलमनलाई अनुबन्ध गरेको छ ।

लुम्बिनीले एनपीएल तेस्रो संस्करणका लागि पहिलो विदेशी खेलाडीको रुपमा शुक्रबार ट्रम्पलमनलाई अनुबन्ध गरेको जनाएको छ ।

देब्रेहाते तीब्र गतिका २८ वर्षे बलर ट्रम्पलमन लुम्बिनी लायन्सले दोस्रो संस्करणमा उपाधि जित्दा प्लेयर अफ द टूर्नामेन्ट` चुनिएका थिए । उनले ६.७२ को इकोनोमी र १४.९३ को औषतमा १५ विकेट लिनुका साथै ७ इनिङ्समा ४ मा अविजित रहि ४१ रन बनाएका थिए । बलिङका साथै कर्णाली याक्ससँगको समूहचरणको खेलमा उनले १४ बलमै १ चौका र ३ छक्का प्रहार गर्दै नटआउट २९ रन बनाएका थिए ।

गत वर्षको यात्रामा ट्रम्पलमनले लुम्बिनी लायन्सले खेलेको सबै १० खेल खेलेका थिए । सुदुरपश्चिम रोयल्स विरुद्ध फाइनलमा उनी प्लेयर अफ द फाइनल बनेका थिए । उनले फाइनलमा २.१ ओभरमा ३ रन खर्चेर ३ विकेट लिएका थिए ।

‘हामी रुबेन ट्रम्पलमनलाई लुम्बिनी लायन्समा पुनः भित्राउदै उपाधि रक्षा अभियान सुरु गरेका छौं, उनी जस्ता खेलाडीसँगको सम्झौता नवीकरण गर्न केवल औपचारिकतामात्र बाँकी थियो । हामी लिगेसीलाई निरन्तरता दिन चाहान्छौं, अनुभवी खेलाडीको हिसाबमा उनले लुम्बिनी लायन्सको टोलीलाई एकदमै नजिकबाट बुझेका खेलाडी हुन्, लुम्बिनी लायन्सका अध्यक्ष इश्वर जिसीले भने, ‘एसोसिएट क्रिकेटमा जमेका खेलाडी भएकाले पनि उनलाई लुम्बिनी लायन्समा सजिलै भिज्न सफल भएका हुन् । उनको साथमा लुम्बिनी लायन्सले आफ्नो विरासतलाई निरन्तरता दिने तथा अझ नयाँ उचाई छुने विश्वास लिएका छौं ।’

ट्रम्पलमनले युएईको आइएल टी–२० लिग र क्यानडाको ग्लोबल टी–२० लिगमा पनि खेलेका छन् । ट्रम्पलमन हाल नामिबियाबाट प्रतिनिधित्व गर्दै नेदरल्यान्ड्समा क्रिकेट विश्वकप लिग २ खेलिरहेका छन् । ट्रम्पलमनले नामिबियाबाट ५३ एकदिवसीय अन्तर्राष्ट्रियमा ७७ र ५४ टी–२० अन्तर्राष्ट्रियमा ५४ विकेट लिएका छन् ।

च्याम्पियन लुम्बिनी लायन्सले मार्की एवंम कप्तान रोहित पौडेलसहित सन्दीप जोरा, शेर मल्ल, दीलिप नाथ, तिलकराज भण्डारी, दीनेश अधिकारी र अभिषेश गौतमलाई ‘रिटेन’ गरेको थियो । त्यस्तै अक्सनबाट लुम्बिनी लायन्सले आसिफ शेख, किशोर महतो, आकाश त्रिपाठी, दुर्गेश गुप्ता, अरनिको यादव, अजय चौहानलाई लिएको थियो ।

रुबेन ट्रम्पलमन लुम्बिनी लायन्स
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय