+
काभा पुरुष भलिबल च्याम्पियनसिप :

काभा पुरुष भलिबलमा नेपालको लगातार तेस्रो हार, पाकिस्तानसँग सोझो सेटमा पराजित

२०८३ साउन  ८ गते १९:३८ २०८३ साउन ८ गते १९:३८

नेपाल यसअघिका दुवै खेलमा पाँच सेटमा पराजित भएको थियो ।

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पाकिस्तानको इस्लामावादमा जारी काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ ।
  • लगातार तीन खेलमा पराजय भोगेको नेपाल हालसम्म जितविहिन छ भने पाकिस्तान तीन खेल जितेर ९ अंकसहित तालिकाको शीर्ष स्थानमा रहेको छ ।
  • सेमिफाइनल प्रवेशको सम्भावना कायमै राख्न नेपालले लिग चरणका बाँकी दुई खेलमा उज्वेकिस्तान र बंगलादेशविरुद्ध जित हासिल गर्नुपर्ने दबाब रहेको छ ।

काठमाडौं । पाकिस्तानको इस्लामावादमा भइरहेको काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ ।

च्याम्पियनसिपमा नेपालको यो लगातार तेस्रो हार हो ।

इस्लामावादस्थित गारिसन जिन्नाहा स्पोर्ट्स कम्प्लेक्समा भएको खेलमा बलियो टोली पाकिस्तानले नेपाललाई २५-१४, २५-१८, २५-१० ले पराजित गरेको हो ।

एफआईभिबी वरियतामा नेपाल भन्दा धेरै माथि रहेको पाकिस्तान विरुद्ध नेपालले कुनै पनि सेटमा दबाब सिर्जना गर्न सकेन ।

लगातार तेस्रो खेल जितेको पाकिस्तान ९ अंकसहित शीर्ष स्थानमा छ ।

नेपाल भने लगातार तीन खेल हार्दै जितविहिन छ । नेपाल पहिलो खेलमा कजाखस्तान र श्रीलंकासँग पाँच सेटमा पुगेर पराजित भएको थियो ।

शुक्रबारै भएको अन्य खेलमा बंगलादेशले कजाखस्तानलाई ३-२ सेटमा पराजित गर्दै दोस्रो जित हात पारेको छ । यस्तै उज्वेकिस्तानले श्रीलंकालाई ३-१ को सेटमा हराउँदै दोस्रो जित दर्ता गरेको छ ।

नेपालले अब लिग चरणमा बंगलादेश र उज्वेकिस्तानसँग खेल्न बाँकी छ । नेपालले आइतबार बंगलादेश र सोमबार उज्वेकिस्तानसँग खेल्नेछ । च्याम्पियनसिपमा शनिबार हुनै खेल हुने छैन ।

सेन्ट्रल एसियाका ६ राष्ट्र सहभागि रहेको च्याम्पियनसिपमा लिग चरणका खेलपछि शीर्ष चार टोली सेमिफाइनल प्रवेश गर्नेछन् । नेपाललाई सेमिफाइनल पुग्नका लागि अब बाँकी दुई खेल जित्नैपर्ने अवस्था छ ।

काभा पुरुष भलिबल च्याम्पियनसिप नेपाल भलिबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय