+

काभा पुरुष भलिबलमा नेपालको लगातार चौथो हार

२०८३ साउन  १० गते १६:२९ २०८३ साउन १० गते १६:२९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपाल बंगलादेशसँग ३–२ को सेटमा पराजित हुँदै लगातार चौथो हार व्यहोर्न बाध्य भएको छ।
  • पाँच सेटसम्म चलेको प्रतिस्पर्धात्मक खेलमा नेपाल पहिलो र तेस्रो सेट जिते पनि अन्ततः बंगलादेशसँग १५–११ ले निर्णायक सेट गुमाउन पुग्यो।
  • प्रतियोगितामा यसअघि नै कजाखस्तान, श्रीलंका र पाकिस्तानसँग पराजित भइसकेको नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेल सोमबार उज्बेकिस्तानसँग खेल्नेछ।

१० साउन, काठमाडौं । काभा पुरुष भलिबल च्याम्पियनसिपमा नेपालले लगातार चौथो हार बेहोरेको छ । आइतबार भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल बंगलादेशसँग ३–२ सेटमा पराजित भएको हो ।

नेपालले पहिलो सेट २५–१८ ले आफ्नो पक्षमा पार्दै उत्कृष्ट सुरुवात गरेको थियो । तर दोस्रो सेटमा २५–१९ को हार बेहोर्दै बंगलादेशले खेललाई बराबरीमा ल्यायो ।

तेस्रो सेटमा नेपालले पुनः राम्रो प्रदर्शन गर्दै २५–२१ को जित निकाल्यो । त्यसपछि चौथो सेटमा दुवै टोलीबीच कडा प्रतिस्पर्धा भए पनि नेपाल २५–२३ ले पराजित भयो र खेल निर्णायक पाँचौं सेटमा पुगेको थियो ।

निर्णायक पाँचौं सेटमा बंगलादेशले १५–११ को जित निकाल्दै खेल ३–२ ले आफ्नो पक्षमा पार्‍यो ।

नेपाल यसअघि कजाखस्तान, श्रीलंका र पाकिस्तानसँग पराजित भएको थियो ।

नेपालले राउन्ड रोबिन लिगको अन्तिम खेलमा भोलि सोमबार उज्बेकिस्तानसँग खेल्नेछ ।

काभा पुरुष भलिबल च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय