+
+
Shares

प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ७:२३

११ साउन, बुटवल । रुपन्देहीका अग्रज पत्रकार अर्जुन ज्ञवालीको उपचारका क्रममा निधन भएको छ ।

तिलोत्तमा नगरपालिका २ शंकरनगरका स्थायी बासिन्दा ८० वर्षीय ज्ञवालीको काठमाडौंको बी एण्ड बी अस्पतालमा उपचारका क्रममा आइतबार राति निधन भएको हो । उनी केही समयदेखि मुटु र फोक्सोको रोगले बीरामी भएर उपचाररत थिए ।

अर्घाखाँचीबाट बसाइँसराइ गरी रुपन्देही आएका ज्ञवालीले २०२४ सालदेखि पत्रकारिता सुरु गरेका थिए । उनी राष्ट्रिय समाचार समितिमा पनि लामो समय काम गरेका थिए भने लुम्बिनी सन्देश साप्ताहिकको सम्पादक र बुटवलबाट प्रकाशन हुने दैनिक पत्रिकामा नियमित लेख रचनाहरु प्रकाशन गर्दै आएका थिए ।

तिलोत्तमाकै शान्ति नमूना माविमा नेपाली विषयको शिक्षकसमेत रहेर सेवा निवृत्त ज्ञवालीले झण्डै ६० वर्ष पत्रकारिता क्षेत्रमा योगदान गरेवापत विभिन्न संस्थाबाट सम्मानित र पुरस्कृत पनि भएका थिए ।

स्वर्गीय ज्ञवालीका एक श्रीमती,एक छोरी र दुई छोरा तथा ६ जना नातिनातिना छन् । स्वर्गीय ज्ञवालीको आज सोमबार पशुपति आर्यघाटमा दाहसंस्कार गरिने नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष मोहन चापागाईंले बताए ।

पञ्चायतकालीन शासनको कठोर परिवेशदेखि भारतमा सिकेको पत्रकारिता, जनआन्दोलन, महाकाली सन्धि, माओवादी द्वन्द्व हुँदै लोकतान्त्रिक आन्दोलनसम्मका ऐतिहासिक घटनाक्रमका बारेमा ज्ञवालीले निरन्तर जनपक्षीय कलम चलाएका थिए ।

दीर्घ पत्रकारिता यात्राका क्रममा उनले नेपाल पत्रकार महासंघबाट प्रदान गरिने प्रेस स्वतन्त्रता सेनानी सम्मान, रुपन्देही पत्रकार महासंघको उत्कृष्ट पत्रकारिता पुरस्कार, नेपाल सरकारको वरिष्ठ पत्रकार सम्मान, गोपाल गोतामे स्वर्ण पदक तथा लुम्बिनी प्रदेश सरकारबाट प्रदान गरिएको सामाजिक सेवा पदकलगायत दर्जनौँ सम्मान पाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?