+
+
Shares

सुनचाँदीको मूल्य बढ्ने क्रम जारी

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते ११:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सोमबार नेपालमा सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँले बढेको छ ।
  • नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ ।
  • चाँदीको मूल्यमा पनि प्रतितोला ३५ रुपैयाँ वृद्धि भई आज ४ हजार ४४५ रुपैयाँ कायम भएको छ ।

११ साउन, काठमाडौं । सोमबार सुनको मूल्य प्रतितोला १ हजार ४ सय रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको मूल्य प्रतितोला २ लाख ८८ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

एक सातादेखि नै सुनको मूल्य बढ्ने क्रम जारी छ । गत सोमबार सुनको भाउ प्रतितोला २ लाख ८४ हजार ६ सय रुपैयाँ थियो ।

त्यस्तै चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ४१० रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ४४५ रुपैयाँ कायम भएको छ । गत सोमबार चाँदीको भाउ ४ हजार ३२० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?