+
+
Shares

सुनसरी घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बस्दै

सुनसरी घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको सरकारले आजै साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन ११ गते १२:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्न आज साँझ केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ ।
  • सुनसरीको देवानगञ्जमा प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएपछि सरकारले छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ ।
  • छानबिन समितिलाई एक हप्ताभित्र प्रतिवेदन बुझाउन समय दिइएको छ ।

११ साउन, काठमाडौं । सुनसरीको घटनापछि केन्द्रीय सुरक्षा समितिको बैठक बोलाइएको छ । घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको सरकारले आज साँझ पाँच बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएको हो ।

गृह मन्त्रालयको अध्यक्षतामा हुने केन्द्रीय समितिमा गृहसचिव, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी बलका महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक र नेपाली सेनाका प्रतिनिधि रहन्छन् । उनीहरुले सुनसरी घटनासहित देशको समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दै आवश्यक रणनीति बनाउने बताइएको छ ।

सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगन्जमा दुई समूहबीचको विवाद नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर गएराति एक जनाको मृत्यु भएपछि अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ । तर कर्फ्यू उल्लङ्घन गर्दै सुनसरीका विभिन्न स्थानमा विरोध प्रदर्शन भएको छ ।

सुनसरीको सो घटनापछि गृहमन्त्री सुधन गुरुङले सुरक्षा प्रमुखहरुसँग आज मन्त्रालयमा छलफल आयोजना गरेका थिए । सो छलफलपछि सुनसरी घटना छानबिनका लागि गृहमन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको छ ।

गृह मन्त्रालयका सहप्रवक्ता रमा आचार्यका अनुसार छानबिन समितिलाई प्रतिवेदन बुझाउन एक हप्ताभित्र म्याद दिइएको छ । सो समितिले यस्ता घटना दोहोरिन नदिन केके गर्ने भनेर सुझाव समेत दिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?