News Summary
Generated by OK AI. Editorially reviewed.- चलचित्र विकास बोर्डका अनुसार कपिल रिजाल निर्देशित फिल्म 'गौंथली'ले प्रदर्शनको १० दिनमा ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस कमाइ गरेको छ।
- सो अवधिमा 'गौंथली' फिल्मलाई २ लाख ६० हजार २५४ जना दर्शकले हेरेका छन् भने फिल्म १० करोडको आँकडा छुने लक्ष्यमा पुगेको छ।
- त्यस्तै सोही अवधिमा 'रोल नं १' ले १ करोड ७८ लाख र 'भागदौड' फिल्मले १ लाख रुपैयाँ ग्रस कमाइ गरेको विवरण सार्वजनिक भएको छ।
काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत नेपाली फिल्मको गतसाताको कमाइ विवरण सार्वजनिक गरेको छ ।
आइतबार मध्यरात १२ बजेसम्मको कमाइ हेर्दा ‘गौंथली’को कमाइ आक्रामक देखिन्छ । प्रदर्शनको १० दिनसम्म कपिल रिजाल निर्देशित सोसल ड्रामाको कमाइ ७ करोड ४२ लाख ७३ हजार ८५९ रुपैयाँ ग्रस छ ।
सोही अवधिसम्म यो फिल्मलाई २ लाख ६० हजार २५४ जनाले हेरेका छन् । दोस्रो शनिबार फिल्मको कलेक्सन डेढ करोड हाराहारीमा थियो ।
आइतबार र शनिबारको सार्वजनिक बिदामा फिल्मको कलेक्सनमा उछाल देखियो । यो गति कायम रहे सुमन गिरीले निर्माण गरेको फिल्मलाई १० करोडको आँकडा छुन कठिन छैन ।
सोही अवधिसम्म अर्को फिल्म ‘रोल नं १’ ले देशब्यापी १ करोड ७८ लाख रुपैयाँ ग्रस कमाएको छ । अर्को फिल्म ‘भागदौड’ले १ लाख रुपैयाँ ग्रस कमाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4