+
+
Shares

भरतपुर बाइपास सडक विस्तारको ठेक्का तोडियो

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते ६:१२
सडक डिभिजन कार्यालय भरतपुर । फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सडक डिभिजन कार्यालय भरतपुरले भरतपुर बाइपास सडक विस्तारको काम नगरेपछि गौरी पार्वती निर्माण सेवासँगको ठेक्का तोडेको छ।
  • निर्माण कम्पनीको ढिलासुस्तीका कारण २०७३ सालमा सम्झौता भएको १२ करोड ८१ लाख ८२ हजारको आयोजना तोकिएको समयमा पूरा हुन सकेन।
  • सार्वजनिक खरिद नियमावली, २०६४ अनुसार प्रक्रिया पूरा नभएपछि कार्यालयले कानुनी व्यवस्था पालना गर्दै ठेक्का तोडेको सूचनामा उल्लेख गरेको छ।

१२ साउन, चितवन । सडक डिभिजन कार्यालय भरतपुरले ‘भरतपुर बाइपास रोड’ विस्तारको ठेक्का तोडेको छ ।

सडक डिभिजन कार्यालय भरतपुरले सार्वजनिक सूचना जारी गर्दै सो जानकारी दिएको हो । बाइपास रोड बिस्तारको ठेक्का गौरी पार्वती निर्माण सेवा काठमाडौंले पाएको थियो ।

पटक पटक म्याद थप र ताकेता गर्दा पनि सो कम्पनीको काम सन्तोषजनक नभएपछि सडक डिभिजन कार्यालयले अन्तिमपटक २०८२ साल कात्तिक ११ गते ‘ठेक्का अन्त्य किन नगर्ने ?’ भन्दै सातदिने स्पष्टीकरण सोधेको थियो ।

तर सो अवधिभित्र पनि सन्तोषजनक जवाफ नपाएपछि यही २०८३ साल साउन ४ गते ठेक्का तोड्ने निर्णय भएको थियो । त्यसको जानकारी कार्यालयले आज गोरखापत्र दैनिकमा सार्वजनिक सूचना निकालेर दिएको हो ।

सम्बन्धित कम्पनीलाई पटक–पटक जानकारी गराउँदा पनि तोकिएको समयभित्र काम पूरा नभएकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा ५९ (७) समेतको आधारमा ठेक्का तोडिएको सूचनामा उल्लेख छ ।

कार्यालयले कानुनी व्यवस्था पालना गर्दै आगामी प्रक्रिया अगाडि बढाइने समेत स्पष्ट पारेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?