+
+
Shares

धनकुटामा ट्रक दुर्घटनापछि आगलागी, एक जनाको जलेर मृत्यु

ईश्वर थापा ईश्वर थापा
२०८३ साउन १२ गते ६:४७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा सोमबार राति ट्रक दुर्घटना भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।
  • विराटनगरबाट ताप्लेजुङतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सडकमा पल्टिएर आगलागी भएको प्रहरीले जनाएको छ ।
  • मृतकको पहिचान तथा घटनाको थप विवरण खुल्न बाँकी रहेको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले जानकारी दिनुभयो ।

१२ साउन, धनकुटा । तमोर करिडोरअन्तर्गत धनकुटाको चौबिसे गाउँपालिका–४ स्थित फलामेटारमा ट्रक दुर्घटना भई आगलागी हुँदा एक जनाको जलेर मृत्यु भएको छ ।

विराटनगरबाट ताप्लेजुङतर्फ हाइड्रोपावर आयोजनाका सामग्री बोकेर जाँदै गरेको प्रदेश १–०२–००१ क ५३६३ नम्बरको ट्रक सोमबार राति सडकमा पल्टिएपछि आगलागी भएको प्रहरीले जनाएको छ ।

दुर्घटनापछि ट्रकमा लागेको आगोमा परेर एक जनाको मृत्यु भएको धनकुटाका प्रहरी प्रमुख एसपी नारायण रञ्जितकारले जानकारी दिए । प्रहरीले मृतक चालक नै हुन् वा अन्य व्यक्ति भन्ने औपचारिक पुष्टि गरिसकेको छैन । मृतकको नाम, थर र ठेगाना पनि खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनाको जानकारी प्राप्त हुनासाथ प्रहरी चौकी फलामेटारबाट खटिएको प्रहरी टोलीले आगो नियन्त्रणमा लिएको थियो । साथै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट जिल्ला प्रहरी प्रमुख रञ्जितकारको नेतृत्वमा थप प्रहरी टोली पनि खटिएको थियो ।

लेखक
ईश्वर थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?