१२ साउन, काठमाडौं । न्युयोर्क शहरका मेयर जोहरान ममदानीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको न्युयोर्क भ्रमण र पक्राउको विषयमा आफ्नो भनाइ सार्वजनिक गरेका छन्।
ममदानीले भने, ‘प्रधानमन्त्री नेतान्याहूको भनाइ वा आरोप-प्रत्यारोपमा पर्ने मेरो कुनै रुचि छैन।’ उनले नेतान्याहूको प्रतिक्रियासँग जोडिएका प्रश्नहरूलाई पन्छाउँदै यो कुरा बताएका हुन्।
अन्तर्राष्ट्रिय अपराध अदालतसँग सम्बन्धित आफ्ना अघिल्ला टिप्पणीबारे राष्ट्रपति डोनाल्ड ट्रम्पसँग छलफल भयो कि भएन भनेर सोधिएको थियो। जवाफमा ममदानीले राष्ट्रपति ट्रम्पसँग भएको कुराकानीलाई आफूले सार्वजनिक नगर्ने स्पष्ट पारे।
उनले न्युयोर्कका सबै बासिन्दाको सुरक्षा सुनिश्चित गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको बताएका छन्। यसअघि नेतान्याहूले सेप्टेम्बरको अन्त्यमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जाने घोषणा गरेका थिए। त्यस क्रममा नेतान्याहुले ममदानीमाथि घृणा फैलाएको आरोप लगाएका थिए। ममदानीले सुरुमा नेतान्याहू न्युयोर्क आएमा पक्राउ गर्ने बताएका थिए।
तर, पछि उनले आफ्नो उक्त भनाइ फिर्ता लिएका थिए। अन्तर्राष्ट्रिय अपराध अदालत (आईसीसी) को पक्राउ पुर्जीका आधारमा नेतान्याहूलाई पक्राउ गराउने कानुनी अधिकार आफूसँग नभएको उनले स्वीकार गरेका छन्।
प्रतिक्रिया 4