+
+
Shares

सुनसरीकाे विवादपछि मोरङमा डिजे प्रयोगमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १२:२९
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मोरङ प्रशासनले जिल्लाभर मेला, महोत्सव र सार्वजनिक कार्यक्रममा डिजे बजाउन पूर्णरूपमा निषेध गरेको छ।
  • सुनसरीको देवागञ्जमा डिजे बजाउने विषयमा भएको विवादमा एक जनाको मृत्यु भएपछि प्रशासनले यो निर्णय लिएको हो।
  • सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले अर्को सूचना जारी नभएसम्मका लागि डिजे प्रतिबन्ध लगाइएको उल्लेख गरे।

१२ साउन, विराटनगर । डिजे प्रयोगको विषयमा सुनसरीबाट सुरु भएको विवादले उग्र रुप लिएपछि मोरङ प्रशासनले जिल्लामा डिजे (ठूलाे आवाज दिने साउन्डसिस्टम) प्रयोगमा रोक लगाएको छ ।

जिल्ला प्रशासन कार्यालय मोरङले मंगलबार सूचना जारी गर्दै मोरङ जिल्लाभर डिजे प्रयोग गर्न निषेध गरेको हो ।

सुनसरीको देवागञ्ज गाउँपालिका– ३ कप्तानगञ्जमा आइतबार राति डिजे बजाउने विषयबाट सुरु भएको विवादले उग्ररूप लिएपछि स्थानीय प्रशासनले गोली चलाउँदा एक जनाको मृत्यु भएको थियो । ९ जना घाइते भएका छन् । सो घटनाको विरोधमा मोरङमा पनि प्रदर्शन भइरहेको छ ।

छिमेकी जिल्लामा भएको घटनापछि मोरङ प्रशासनले डिजे प्रयोगमा अर्काे सूचना जारी नभएसम्मका लागि प्रतिबन्ध लगाएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी पवन राज कोइरालाले जारी गरेको सूचनामा भनिएको छ,‘यस जिल्लाभित्र कुनै पनि मेला, महोत्सव, विवाह, पार्टी, उत्सव, चाडपर्व, धार्मिक कार्यक्रम तथा पुराण लगायतका कार्यक्रममा अर्को सूचना नभएसम्मका लागि डिजेको प्रयोग गर्न निषेध गरिएको छ ।’

प्रशासनले कसैले डिजे प्रयोग गरे कानुन बमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?