News Summary
Generated by OK AI. Editorially reviewed.- नयाँ ई-कमर्स प्ल्याटफर्म ‘चाइनाबजार डटकम’ १३ साउन बुधबारदेखि औपचारिक रूपमा सञ्चालनमा आउँदैछ ।
- कम्पनीले उत्पादकबाट सिधै सामान खरिद गरी ग्राहकसम्म पुर्याउने भएकाले लागत कम हुने र मूल्य पारदर्शी हुने दाबी गरेको छ ।
- सीईओ स्तुति श्रेष्ठले ‘चाइनाबजारले आफैं सामान छनोट गर्छ, चीनका उत्पादनकर्ताबाट सिधै संकलन गर्छ, आफ्नै लजिस्टिक सञ्जाल मार्फत नेपाल ल्याउँछ’ भनिन् ।
१२ साउन, काठमाडौं । नेपाली उपभोक्ताका लागि एक नयाँ ई-कमर्स प्ल्याटफर्म ‘चाइनाबजार डटकम’ बजार आउन लागेको छ । यो अनलाइन प्ल्याटफर्म १३ साउन बुधबारदेखि औपचारिक सञ्चालनमा आउने छ ।
चाइनाबजार प्ल्याटफर्म सञ्चालक कम्पनीका अनुसार सरल सोचमा आधारित रहेर बनाइएको यो प्ल्याटफर्म मार्फत नेपाली उपभोक्ताले गुणस्तरीय सामान सरल, सही र पारदर्शी मूल्यमा खरिद गर्न पाउनेछन् । उद्योगदेखि उपभोक्ताको दैलोसम्म पुग्दा बीचमा पर्ने अतिरिक्त शुल्क यो प्ल्याटफर्ममा समावेश हुनेछैन ।
नेपालको ई-कमर्स प्ल्याटफर्महरूमा वर्षौंदेखि आयातित सामान आयातकर्ता, थोक विक्रेता र वितरक मार्फत लामो र तहगत आपूर्ति शृङ्खला हुँदै उपभोक्ताको हातमा पुग्ने गरेको छ । जसमा हरेक तहले लागत बढाउने गर्छ ।
चाइनाबजारका प्रमुख कार्यकारी अधिकृत (सीईओ) स्तुति श्रेष्ठका अनुसार चाइनाबजारले लामो र तहगत आपूर्ति शृङ्खलाको यही खाडल बन्द गर्ने काम गरेको छ ।
‘चाइनाबजारले आफैं सामान छनोट गर्छ, चीनका उत्पादनकर्ताबाट सिधै संकलन गर्छ, आफ्नै लजिस्टिक सञ्जाल मार्फत नेपाल ल्याउँछ,’ सीईओ श्रेष्ठले भनिन्, ‘त्यसपछि कम्पनीकै गोदाममा भण्डारण गर्छ र आफैं ग्राहकसम्म डेलिभरी गर्छ, आयात, भण्डारण र डेलिभरीसम्मको हरेक कुरा एउटै छानामुनि उपलब्ध छ ।’
कम्पनीका अनुसार यही संरचनाका कारण डेलिभरी समय कम हुने, लागत घट्ने र मूल्यमा इमान्दारिता र पारदर्शिता कायम रहने छ ।
चाइनाबजारमा के छन् अफर ?
‘इन्जोय योर सपिङ’ भन्ने नारासाथ सुरुमा चाइनाबजारमा इलेक्ट्रोनिक्स, फेसन, लाइफस्टाइलका सामान एवं स्वास्थ्य तथा सौन्दर्य सामग्री उपलब्ध हुनेछन् ।
कम्पनीका अनुसार ग्राहकले ईसेवा र खल्तीबाट भुक्तानी गर्न सक्नेछन् । आफ्नै गोदाम र वितरण सञ्जाल भएकाले सामानको स्टक पर्याप्त रहेको छ ।
‘नेपालको डिजिटल अर्थतन्त्र निरन्तर विस्तार हुँदैछ र नेपाल र चीनबीचको व्यापारिक सम्बन्ध पनि गहिरो हुँदैछ, चाइनाबजार यी दुवै प्रवृत्तिसँगै बढ्ने तयारीमा छ,’ सीईओ श्रेष्ठले भनिन्, ‘आगामी दिनमा हामी सामानको दायरा र देशभरिको डेलिभरी पहुँच पनि विस्तार गर्दै लाने छौं ।’
प्रतिक्रिया 4