+
+
Shares

मुग्लिन-नारायणगढ सडक फेरि अवरुद्ध

मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १५:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मुग्लिन-नारायणगढ सडक खण्डअन्तर्गत खहरे खोलामा सुख्खा पहिरो खस्दा दुईतर्फी यातायात अवरुद्ध भएको छ ।
  • दिउँसो ३ बजे खसेको पहिरो पन्छाउने काम जारी रहेको छ ।
  • यसअघि पनि पहिरोका कारण अवरुद्ध बनेको उक्त सडक केही घण्टा अघिमात्र सञ्चालनमा आएको थियो ।

१२ साउन, काठमाडौं । मुग्लिन-नारायणगढ सडक खण्ड फेरि अवरुद्ध भएको छ । उक्त खण्डको खहरे खोला (मुग्लिन नजिकै) सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।

पहिरोका कारण अहिले दुईतर्फ नै सडक अवरुद्ध भएको छ । पहिरो दिउँसो ३ बजे खसेको हो । पहिरो हटाउने काम भइरहेको बताइएको छ । यसअघि पनि पहिरो खसेर सडक अवरुद्ध बनेको थियो करिब साढे ४ घण्टापछि सवारी सञ्चालन भएको थियो ।

पहिरो हटाएर सवारी सञ्चालन भएको दुई घण्टापछि पुन: पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?