+
+
Shares

धौलिगङ्गा बाँध खोलिँदै, महाकाली किनारमा सतर्क रहन प्रशासनको आग्रह

कृष्ण बिष्ट कृष्ण बिष्ट
२०८३ साउन १२ गते १६:३१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • भारतको धौलिगङ्गा जलविद्युत् आयोजनाले बाँधको स्लुइस गेट सफाइका लागि साउन १३ गते बिहान ६ बजेदेखि १५ गते साँझ ६ बजेसम्म बाँध खोल्ने भएको छ।
  • बाँध खोलिने भएकाले महाकाली नदीमा जलस्तर बढ्न सक्ने भन्दै बैतडी जिल्ला प्रशासन कार्यालयले तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
  • प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, माछा मार्न तथा ढुंगा–बालुवा संकलन जस्ता जोखिमपूर्ण गतिविधि नगर्न स्थानीय बासिन्दा र सरोकारवालालाई सचेत गराएको छ।

१२ साउन, बैतडी । भारततर्फ रहेको धौलिगङ्गा जलविद्युत् आयोजनाको बाँध (स्लुइस गेट) सफाइका लागि खोलिने भएको छ ।

बाँध खोलेसँगै नदीको जलस्तर बढ्न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह पनि गरेको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त पत्रका आधारमा जारी सार्वजनिक सूचना अनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म (करिब ३६ घण्टा) धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट सफाइका लागि बाँध खोलिनेछ ।

यस अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ्न सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्वसतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले अनुरोध गरेको छ ।

प्रशासनले नदी किनारमा अनावश्यक आवतजावत नगर्न, नदीमा माछा मार्न, ढुंगा–बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न समेत सचेत रहन आग्रह गरेको छ ।

साथै स्थानीय तह, सुरक्षा निकाय तथा सम्बन्धित सरोकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?