+
+
Shares

प्रधानमन्त्रीलाई संसद्‍प्रति जिम्मेवार बनाउन खोजिएको हो, विरोध होइन : वासना थापा

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १२ गते १७:४६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली कांग्रेसकी प्रमुख सचेतक पुष्पा भुसालले प्रधानमन्त्रीलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन मात्र विषय उठाइएको स्पष्ट पारिन्।
  • सीमा विवादबारे प्रधानमन्त्रीको आधिकारिक जवाफ नपाएसम्म सदनमा ध्यानाकर्षण गराइरहने उनले बताइन्।
  • कांग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको बताउँदै उनले संविधान र विधिको शासनप्रति पार्टी सधैँ अडिग रहेको दाबी गरिन्।

१२ साउन, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी प्रमुख सचेतक वासना थापाले आफूहरूले प्रधानमन्त्रीको विरोध नभई उनलाई संसद् र जनताप्रति जिम्मेवार बनाउन खोजेको स्पष्ट पारेकी छन् ।

मंगलबार सिंहदरबारमा सभामुखसँगको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक थापाले यस्तो बताएकी हुन् ।

प्रमुख सचेतक थापाले सीमा विवादका सम्बन्धमा आम नागरिकले प्रधानमन्त्रीबाट आधिकारिक जवाफ खोजिरहेकाले संसद्‍मा उक्त विषय उठाइएको बताइन् ।

यस विषयमा सत्ता पक्षका प्रमुख सचेतकहरूले प्रधानमन्त्रीसँग छलफल गर्ने प्रतिबद्धता सभामुखमार्फत जनाएको समेत उनले जानकारी दिइन् ।

उनले भनिन्, ‘जनताले सीमा विवादका बारेमा प्रधानमन्त्रीको मुखबाट जवाफ खोजिरहनुभएको छ । त्यो जवाफ नपाएसम्म हामीले सदनमा आकस्मिक समय लिएर ध्यानाकर्षण गराइरहनुपरेको हो । आम जनता प्रधानमन्त्रीको सम्बोधन र सन्देशको प्रतिक्षामा छन्, तर अहिलेसम्म उहाँले यसबारे सम्बोधन गर्नुभएको छैन । नेपाली कांग्रेस संविधानभन्दा माथि केही छैन भन्ने मान्यता राख्छ । हामी सदन अवरोध गर्ने पक्षमा कहिल्यै छैनौँ, तर संविधानमाथि आँच आउने अवस्था आएमा कांग्रेस सधैँ अग्रपङ्क्तिमा उभिएर त्यसको रक्षा गर्नेछ ।’

नेपाली कांग्रेस सदन अवरोध गर्ने पक्षमा नरहेको स्पष्ट पार्दै उनले पार्टी सधैँ संविधान र विधिको शासनमा अडिग रहेको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?