+
+
Shares

कर्फ्यु आदेशपछि सुनसरी जिल्ला अदालत पनि बन्द

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते ११:३०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सुनसरी जिल्ला अदालतले स्थानीय प्रशासनद्वारा जारी कर्फ्युका कारण बुधबारका सम्पूर्ण न्यायिक तथा प्रशासनिक कामकारबाही स्थगित गरेको छ ।
  • अदालतले सेवाग्राही, कानुन व्यवसायी र कर्मचारीको सुरक्षालाई ध्यानमा राखी आजको दिनलाई शून्य समय मान्ने निर्णय गरेको छ ।
  • सूचना अनुसार आज म्याद वा तारेख भएका सेवाग्राहीहरूको हदम्याद र तारेख नगुज्रने व्यवस्था गरिएको छ ।

१३ साउन, विराटनगर । जिल्ला अदालत सुनसरी बुधबार बन्द भएको छ । सुनसरीको सदरमुकाम इनरुवा नगरपालिका क्षेत्रमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेपछि बुधबार सम्पूर्ण न्यायिक तथा प्रशासनिक कामकारबाही बन्द गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सुनसरीले मंगलबार रातिबाट अर्को आदेश नभएसम्मका लागि इनरुवा नगरपालिकाकासहित दश पालिकामा कर्फ्यु आदेश जारी गरेका थियो । सोही परिस्थितिलाई मध्यनजर गर्दै अदालतले आजसेवा स्थगित गर्ने निर्णय गरेको अदालत प्रशासनले जनाएकाे छ ।

अदालतद्वारा प्रकाशित सूचनामा सेवाग्राही, कानुन व्यवसायी, कर्मचारी तथा न्याय सम्पादनमा संलग्न सबैको सुरक्षा र सार्वजनिक हितलाई ध्यानमा राखी यो निर्णय लिइएको उल्लेख गरिएको छ। अदालतले आजको दिनलाई शून्य समय मान्ने निर्णय गरेको छ । सूचना अनुसार, आज अदालतमा उपस्थित हुनुपर्ने, म्याद वा तारेख भएका व्यक्तिहरूको हकमा हदम्याद र तारेख गुज्रने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?