+
+
Shares

पर्यटन मन्त्रालयको वार्षिक बजेट खर्च ३१.६८ प्रतिशतमात्र

गत आवका लागि पर्यटन मन्त्रालय र मातहतका निकायको कुल विनियोजन ७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १३:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ मा विनियोजित बजेटमध्ये ३१.६८ प्रतिशतमात्र खर्च गरेको छ ।
  • कुल ७ अर्ब ६८ करोड रुपैयाँ बजेटमध्ये मन्त्रालयले २ अर्ब ४३ करोड रुपैयाँ हाराहारीमात्र खर्च गरेको प्रगति विवरणमा उल्लेख छ ।
  • मन्त्रालयको पूँजीगत खर्च १६.२१ प्रतिशत र चालु खर्च ५४.१४ प्रतिशतमा सीमित हुँदा समग्र बजेट कार्यान्वयनको अवस्था दयनीय देखिएको छ ।

१३ साउन, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकायको वार्षिक बजेट खर्च दयनीय अवस्थामा रहेको पाइएको छ ।

मन्त्रालयले सार्वजनिक गरेको चौथो त्रैमासिकसम्मको प्रगति विवरण अनुसार मन्त्रालयले गत आर्थिक वर्ष २०८२/८३ मा ३१.६८ प्रतिशतमात्र बजेट खर्च गर्न सकेको छ ।

गत आवका लागि मन्त्रालय र मातहतका निकायको कुल विनियोजन ७ अर्ब ६८ करोड रुपैयाँ बराबर थियो । खर्च भने २ अर्ब ४३ करोड हाराहारी मात्र भएको छ । यसमध्ये चालु खर्च ५४.१४ प्रतिशत र पूँजीगत खर्च १६.२१ प्रतिशतमात्र भएको देखिएको छ ।

मन्त्रालयले पूँजीगततर्फ सबैभन्दा धेरै बजेट पर्यटन विभाग, पुरातत्व विभाग लगायतबाट खर्च गर्छ । यस वर्ष ती निकायको कमजोर खर्च देखिन्छ । जसका कारण समग्र पूँजीगत खर्च दयनीय बनेको हो ।

मन्त्रालय स्वयंले यस वर्ष २१ करोड ८४ लाख बराबरको बजेट कार्यान्वयन गरेकोमा खर्च भने ९ करोड ३० लाखमात्र गरेको छ । जुन ४२.५८ प्रतिशत हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?