News Summary
Generated by OK AI. Editorially reviewed.- काठमाडौं महानगरपालिकाले माइतीघर क्षेत्रको डुबान समस्या समाधान गर्न बुधबारदेखि पानीको निकास अवरुद्ध गर्ने संरचनाहरू हटाउन सुरु गरेको छ।
- महानगरपालिकाले सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस र राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा डोजर प्रयोग गरी अवरोध हटाएको छ।
- राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको अध्ययन समितिले दिएको सुझावका आधारमा महानगरले पानीको बहाव क्षेत्र खुलाउने काम थालेको हो।
१३ साउन, काठमाडौं । काठमाडौंको माइतीघर क्षेत्रमा भएको डुबानको समस्या समाधान गर्ने उद्देश्यले काठमाडौं महानगरपालिकाले बुधबारबाट काम थालेको छ ।
महानगरपालिकाले नेपाली सेनाको सैन्य परिवहन गण, थापाथली इन्जिनियरिङ क्याम्पस, राष्ट्रिय तथ्यांक कार्यालय नजिकका क्षेत्रमा भएका अवरोध हटाउन डोजर प्रयोग गरेको हो ।
यसअघि राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसी संयोजकत्वको अध्ययन समितिले पानी बहाव क्षेत्रमा पर्ने साँघुरा ढल र अवरोध हटाउन सुझाव दिएको थियो ।
बर्खाको बेलामा पानी जमेपछि माइतीघर आसपासका क्षेत्रमा पानी जम्ने गरेको छ । केही हप्ताअघि अविरल परेको वर्षाका क्रममा पनि सो क्षेत्र डुबानमा परेको थियो ।
त्यसपछि महानगरले निकास खुलाउनेगरी काम थालेको हो ।







प्रतिक्रिया 4