+
+
Shares

प्रधानमन्त्री बालेनसँग सभामुखको भेट

भेटवार्ताका क्रममा प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते १६:०८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सभामुख डीपी अर्यालले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरी प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल गरे।
  • सभामुख अर्यालले विभिन्न राजनीतिक दलका शीर्ष नेताहरू तथा प्रमुख सचेतकहरूसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै संसद्को कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा परामर्श गरेका हुन।
  • सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा, प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे र नेता वर्षमान पुनसँग भेटवार्ता गरेका छन्।

१३ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाह र सभामुख डीपी अर्यालबीच भेटवार्ता भएको छ ।

बुधबार सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।

विभिन्न राजनीतिक दलका नेताहरूसँग भेटवार्ता गर्ने क्रममा सभामुख अर्यालले प्रधानमन्त्री शाहसँग भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा प्रतिनिधिसभाको बैठकलाई थप प्रभावकारी, मर्यादित र परिणाममुखी बनाउने विषयमा छलफल भएको सचिवालयले जनाएको छ ।

सभामुख अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरेका छन् ।

यसअघि सभामुख अर्यालले प्रमुख प्रतिपक्षी दलका नेता भिष्मराज आङ्देम्बे, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनसँग मंगलबार छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।

 

सभामुख अर्यालले मंगलबार नै विभिन्न राजनीतिक दलका प्रमुख सचेतक तथा सचेतकहरूसँग पनि छलफल गरेका थिए ।

सो क्रममा प्रतिनिधिसभाको कार्य सञ्चालनलाई थप प्रभावकारी बनाउने तथा आगामी बैठकका कार्यसूचीलाई व्यवस्थित ढङ्गले अघि बढाउने विषयमा छलफल भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?