News Summary
Generated by OK AI. Editorially reviewed.- गायक एवं संगीतकार सत्य-स्वरूपले भदौ ७ गते आयोजना हुने \'बुकहिल ब्यालेड्स\' को दोस्रो शृङ्खलामा आफ्ना सांगीतिक सिर्जनाहरू प्रस्तुत गर्ने भएका छन्।
१३ साउन, काठमाडौं । प्रसिद्ध गायक एवं संगीतकार सत्य-स्वरूपले आफ्नो जीवनका महत्त्वपूर्ण गीतहरू संगीत पारखीहरूमाझ प्रस्तुत गर्ने भएका छन् । बुकहिल पब्लिकेशनले आयोजना गर्ने सांगीतिक कार्यक्रम ‘बुकहिल ब्यालेड्स’ को दोस्रो शृङ्खलामा सत्य-स्वरूपले आफ्ना गीतहरू फरक शैलीमा प्रस्तुत गर्न लागेका हुन् ।
यही भदौ ७ गते आइतबार नेपाल पुलिस क्लबको ‘द ब्लु प्याभेलियन हल’ मा आयोजना हुने ‘सत्य-स्वरूप : हजार सपना’ कार्यक्रममा गायक एवं संगीतकार दाजुभाइले पिता भक्तराज आचार्य र आफ्नो जीवनका आरोह-अवरोहका कथाका प्रस्तुत गर्नेछन् । उनीहरूले पिता भक्तराज आचार्य र आफ्ना करिब २ दर्जन गीत गाउनेछन् । साहित्यसँगै संगीत र संस्कृतिको अभिवृद्धिमा क्रियाशील बुकहिलले प्रत्येक दुई महिनामा ‘बुकहिल ब्यालेड्स’ आयोजना गर्दै आएको छ ।

नेपाली संगीतमा साधना र संगीतको अनुशासनबाट स्रोता-दर्शकको मन जितेका सत्य-स्वरूपले करिब ३ दशक गायन र संगीतमा समय व्यतीत गरिसकेका छन् । भजनशिरोमणि भक्तराज आचार्यको सांगीतिक घरानालाई खास गायन र संगीतमार्फत् प्रस्तुत गरिने यो कार्यक्रम शाब्दिक र संगीत प्रधान हुनेछ ।
गीतभित्रका कथासँगै प्रस्तुत हुने गायनमा ८ जना वाद्यवादकले सत्य-स्वरूपलाई साथ दिनेछन् ।
६२० जना दर्शकका लागि मात्रै टिकटमा आयोजना हुन लागेको यो कार्यक्रमको थुप्रै डटकममार्फत टिकट बिक्री खुल्ला गरिएको छ ।
प्रतिक्रिया 4