+
+
Shares

पहिरोले समुद्रटार-त्रिशूली ३बी १३२ केभी प्रसारण लाइन टावरमा क्षति

प्रसारण लाइनमा समस्या आए पनि उपभोक्ताका लागि भने विद्युत् आपूर्ति नरोकिने प्राधिकरणले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते २०:०२

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अत्यधिक वर्षाका कारण समुद्रटार-त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त भएको छ।
  • टावरमा क्षति पुग्दा राष्ट्रिय ग्रिडमा जोडिएका दुई जलविद्युत आयोजनाको विद्युत प्रवाहमा कठिनाइ उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
  • प्राधिकरणले चौगाडा सबस्टेसनबाट वैकल्पिक व्यवस्था मिलाएर उपभोक्तालाई निरन्तर विद्युत् आपूर्ति भइरहेको जानकारी दिएको छ।

१३ साउन, काठमाडौं । अत्यधिक वर्षासँगै गएको पहिरोका कारण समुद्रटार-त्रिशूली ३बी १३२ केभी प्रसारण लाइनको टावर नम्बर ४१ क्षतिग्रस्त भएको छ । टावरमा क्षति पुगेपछि प्रसारण लाइन प्रभावित बनेको छ ।

टावर क्षतिग्रस्त बनेसँगै सोही प्रसारण लाइन मार्फत राष्ट्रिय ग्रिडमा जोडिएका ११ मेगावाट क्षमताको सूर्यकुण्ड हाइड्रोपावर र ५ मेगावाट क्षमताको बुद्धभूमि हाइड्रोपावरको विद्युत प्रवाह (पावर इभाकुएसन) मा कठिनाइ उत्पन्न भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यद्यपि, प्रसारण लाइनमा समस्या आए पनि उपभोक्ताका लागि भने विद्युत् आपूर्ति नरोकिने प्राधिकरणले जनाएको छ । प्राविधिक टोलीले चौगाडा सबस्टेसनबाट वैकल्पिक व्यवस्था मिलाएर ग्राहकलाई निरन्तर बिजुली उपलब्ध गराइरहेको जानकारी दिएको छ । क्षतिग्रस्त टावर मर्मत तथा सुदृढीकरणको काम छिट्टै अघि बढाइने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?