+
+
Shares

जलमग्न जमल (तस्वीरहरू)

एकाएक परेको भारी वर्षाले काठमाडौंको जमल क्षेत्रको सडक जलमग्न पारेको छ ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८३ साउन १३ गते २१:४०

१३ साउन, काठमाडौं । एकाएक परेको भारी वर्षाले काठमाडौंको जमल क्षेत्रको सडक जलमग्न पारेको छ ।

अहिले बुधबार साँझ परेको भारी वर्षाले जमलको सडकभरि पानी नै पानी भरिएको हो ।

सडकभरि पानी जम्मा हुँदा त्यहाँको आवतजावत गर्ने यात्रुलाई निकै सास्ती भएको छ । साना सवारी साधन झन्डै डुब्नेगरी पानी जम्मा हुँदा निकै सास्ती भइरहेको देखिन्थ्यो ।

यस्तै, पैदल यात्रीलाई हिँडडुल गर्न निकै कठिन भइरहेको यी दृश्यमा देखिन्छन् ।

अहिले काठमाडौं उपत्यकामा विभिन्न क्षेत्रमा वर्षाका कारण यसैगरी सडक र खोला किनार जलमग्न भएका खबर प्राप्त भएका छन् ।

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?