+
+
Shares

डोटीमा एक शिक्षकको कुटपिटबाट पत्नीको मृत्यु

प्रहरीका अनुसार जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेर आफ्नै पत्नी ४७ वर्षीया अमृता ओलीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १३ गते २१:०१

१३ साउन, धनगढी । डोटीमा एक शिक्षकले मदिरा सेवन कुटपिट गर्दा उनकी पत्नीको मृत्यु भएको छ । प्रहरीका अनुसार जोरायल गाउँपालिका–४ देउथलीका ५१ वर्षीय चन्द्रबहादुर ओलीले मादक पदार्थ सेवन गरेर आफ्नै पत्नी ४७ वर्षीया अमृता ओलीलाई मरणासन्न हुनेगरी कुटपिट गरेका थिए ।

उपचारका क्रममा अमृताको मृत्यु भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) रणबहादुर चन्दका अनुसार चन्द्रबहादुरले बुधबार दिउँसो पौने २ बजेतिर पत्नी अमृतामाथि कुटपिट गरेका थिए ।

उनको पेटको बायाँ भागमा चोट लागेर घाइते भएपछि उपचारका लागि स्वास्थ्य चौकी चनकट्टे पठाएको थियो, तर अवस्था गम्भीर भएपछि धनगढी रेफर गरिएको थियोे ।

उनलाई सेती प्रादेशिक अस्पताल पुगाइएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत घोषणा गरेको डीएसपी चन्दले बताए ।

पत्नीको हत्या गरेको आरोपमा शिक्षक ओलीलाई प्रहरीले पक्राउ गरेको छ । उनी स्थानीय जगदम्बा आधारभूत विद्यालयका शिक्षक समेत हुन् ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?