+
+
Shares

ट्रम्पको चेतावनी: इरानलाई हामी औकात देखाइदिन्छौ

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १२:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जोर्डनमा अमेरिकी सैनिकमाथि मिसाइल प्रहार गर्ने इरानलाई कडा जवाफ दिने चेतावनी दिएका छन्।
  • इरानको रिभोलुसनरी गार्ड्सले जोर्डनस्थित अमेरिकी सैन्य आधारलाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल प्रहार गरेको छ।
  • अमेरिकी सेन्ट्रल कमान्डले इरानबाट प्रहार गरिएका सबै मिसाइलहरू सफलतापूर्वक रोकिएको जनाएको छ र हालसम्म कुनै मानवीय क्षति भएको छैन।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार बिहान इरानविरुद्ध अत्यन्त आक्रामक र गालीगलौजपूर्ण भाषामा धम्की दिएका छन्। यसअघि इरानले राति अचानक जोर्डनमा रहेका अमेरिकी सैनिकहरूमाथि मिसाइल प्रहार गरेको थियो।

ट्रम्पले फक्स न्युजका प्रमुख संवाददाता ट्रे यिङ्ग्स्टसँग भने, ‘हामी उनीहरूलाई उनीहरूको औकात देखाइदिने छौँ।’

ट्रम्पले थप भने, ‘हामी उनीहरूमाथि धेरै जोर्दार आक्रमण गर्नेछौँ। उनीहरूले कडा जवाफ पाउनेछन्।’

जोर्डनमा तैनाथ अमेरिकी सैनिकहरूसँग इरानले हानेका ब्यालिस्टिक मिसाइल रोक्न र खसाल्न केही मिनेट मात्र समय थियो। ट्रम्पले यो कुरा बताएका छन्।

अमेरिकी सैन्यकर्मीहरूले मिसाइल रोक्ने कारबाहीका क्रममा रियल टाइममा समन्वय गरिरहेको भिडियो आफूले हेरेको ट्रम्पले बताए।

यसैबीच अमेरिकी सेन्ट्रल कमान्डले इरानका सबै मिसाइलहरू सफलताका साथ रोकिएको जनाएको छ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोरले जोर्डनस्थित मुवाफक अल-सलती एयर बेस र अमेरिकी सेनाको सेन्ट्रल कमान्डको मुख्यालयलाई निशाना बनाएर ब्यालिस्टिक मिसाइल हानेको बताएको छ।

आईआरजीसीले इरानको सरकारी समाचार एजेन्सी आईआरएनए मार्फत यो जानकारी दिएको हो।

जोर्डनको सेनाले इरानका पाँचवटा मिसाइल रोकेर नष्ट गरिदिएको बताएको छ।

यस आक्रमणबाट तत्काल कोही हताहत भएको वा क्षति भएको कुनै खबर आएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?