+
+
Shares

देशको परिस्थिति सहज छैन, सरकारले जनताका अपेक्षा समेट्न सकेन : प्रचण्ड

प्रचण्डले भने, ‘गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन ।’

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १३:१५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हाल देशको राजनीतिक परिस्थिति सहज नभएको बताए।
  • सरकारले जनताको अपेक्षा अनुरूप काम गर्न नसकेको भन्दै उनले दिन प्रतिदिन परिस्थिति अझै असहज हुने चिन्ता व्यक्त गरे।
  • ‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन,’ प्रचण्डले भने, ‘जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न सकेको छैन।’

१४ साउन, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देशको परिस्थिति सहज नभएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्ने क्रममा उनले जनताले जसरी अभिमत प्रकट गरेका थिए, त्यस अनुरुप सरकारले काम गर्न नसकेको उनको भनाइ थियो ।

‘अहिले देशको समग्र राजनीतिक परिस्थिति सहज छैन । हामीले आफ्नो आफ्नो मत राखेका छौं, यो राम्रो कुरा हो ,’ प्रचण्डले भने, ‘गत निर्वाचनमा हामीले जसरी आफ्ना कुरा राख्यौं, जनताले जसरी आफ्नो अभिमत प्रकट गरे । यसबीचका सरकारका क्रियाकलापले जनताको अपेक्षालाई सन्तुष्ट पार्न सकेको छैन ।’

बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको प्रचण्डको भनाइ थियो ।

‘बरु दिन प्रतिदिन परिस्थिति अझै असहज हुने हो कि भन्ने चिन्ता व्याप्त भएको छ,’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?