+
+
Shares

डोल्पामा विद्यालयबाट फर्किँदै गरेका एक बालक सडकमा मृत फेला

डोल्पामा विद्यालयबाट घर फर्किँदै गरेका एक बालक सडकमा मृत अवस्थामा फेला परेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १४ गते १९:५५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा विद्यालयबाट घर फर्किँदै गरेका ११ वर्षीय बालक वीरेन्द्र रोकाया मृत अवस्थामा फेला परेका छन् ।
  • कक्षा २ मा अध्ययनरत बालक हसु खोला नजिकै विद्यालयको पोशाक र झोला बोकेको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।
  • घटनाको थप अनुसन्धान गर्न प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा एक प्रहरी टोली घटनास्थलतर्फ पठाइएको प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले बताउनुभयो ।

१४ साउन, डोल्पा । डोल्पामा विद्यालयबाट घर फर्किँदै गरेका एक बालक सडकमा मृत अवस्थामा फेला परेका छन् ।

जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका–५ खदाङस्थित फोक्सुण्डो आधारभूत विद्यालयबाट पढाइ सकेर करवगाडतर्फ जाँदै गरेका करिब ११ वर्षका वीरेन्द्र रोकाया भेरी करिडोर सडकखण्डको हसु खोलामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएका छन् ।

प्रहरीका अनुसार बालक विद्यालय पोशाक र झोलासहित मृत अवस्थामा फेला परेको र उनी उक्त विद्यालयमा कक्षा २ मा अध्ययनरत छात्र रहेको प्रहरीले जनाएको छ ।

घटनाको थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय डोल्पाबाट प्रहरी निरीक्षक पदम रावलको नेतृत्वमा टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अनिलराज गिरीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?