News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजारमा शुक्रबार भारतीय रातो आलुको थोक मूल्य प्रतिकिलो औसत ७ रुपैयाँले वृद्धि भएको छ ।
- बजारमा भारतीय रातो आलुको औसत मूल्य ४२ रुपैयाँ कायम भएको छ भने मुडेको रातो आलु औसत ५० रुपैयाँमा बिक्री भइरहेको छ ।
- त्यस्तै सेतो आलुको औसत मूल्य एक रुपैयाँले बढेर प्रतिकिलो ३३ रुपैयाँ पुगेको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
१५ साउन, काठमाडौं । स्थानीय बजारमा आलुको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले शुक्रबार आलुको मूल्य बढेको देखाएको हो ।
बजारमा रातो र सेतो गरी दुई प्रकारका आलु किन्न पाइन्छ । त्यसमध्ये रातो भारतीय आलु पनि बजारमा आउँछ ।
आज शुक्रबार भारतीय रातो आलुको भाउ प्रतिकिलो थोकमा औसत ७ रुपैयाँ बढेको छ । आज यो आलु प्रतिकिलो थोक मूल्य न्यूनतम ३३ देखि अधिकतम ५७ र औसत ४२ रुपैयाँ कायम छ । हिजो न्यूनतम ३३ देखि अधिकतम ३७ र औसत ३५ थियो ।
रातो मुडेको आलु प्रतिकिलो न्यूनतम ४८ देखि अधिकतम ५३ र औसत ५० रुपैयाँ र सेतो आलु न्यूनतम ३० देखि अधिकतम ३५ र औसत ३३ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो मुडेको रातो आलु न्यूनतम ४८ देखि अधिकतम ५३ तथा औसत ५० र सेतो आलु न्यूनतम ३० देखि अधिकतम ३५ र औसत ३२ रुपैयाँमा किनबेच भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4