+
+
Shares

मधेशबाट प्रतिनिधित्व गर्ने दलका नेतासँग प्रधानमन्त्रीले थाले छलफल

प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८३ साउन १५ गते ११:५०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग सिंहदरबारमा छलफल गरेका छन्।
  • सुनसरी लगायत मधेशका केही जिल्लामा उत्पन्न पछिल्लो तनावको अवस्था र त्यसको समाधानका विषयमा छलफल केन्द्रित भएको सचिवालयले जनाएको छ ।
  • छलफलमा डा सीके राउत, महन्थ ठाकुर र राजेन्द्र महतोसहित विभिन्न दलका शीर्ष नेताहरू सहभागी छन् ।

१५ साउन, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मधेशबाट प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरूसँग छलफल गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

छलफलमा डा सीके राउत, महन्थ ठाकुर, राजेन्द्र महतो, लालबाबु राउत, समिम मियाँ अन्सारी, राम के शर्मा, प्रभु शाह, अमरेशकुमार सिंह, शरतसिंह भण्डारी, जयकान्त राउत लगायतका नेता सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?