News Summary
Generated by OK AI. Editorially reviewed.- ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान कायम गरेको छ।
- फिल्मले प्रदर्शनको पहिलो दिन नेपालभर एक करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाइ गरेको छ।
- आगामी दिनको अग्रिम टिकट बिक्रीसमेत जोड्दा फिल्मको कुल कमाइ हालसम्म तीन करोड ५० लाख ४० हजार ९१५ रुपैयाँ पुगेको छ।
काठमाडौं । ‘स्पाइडर-म्यान : ब्रान्ड न्यूडे’ले नेपाली बक्सअफिसमा सर्वाधिक ओपनिङ गर्ने हलिउड फिल्मको कीर्तिमान रचेको छ । फिल्मले बिहीबार नेपालभर १ करोड ९९ लाख ६९ हजार ९४५ रुपैयाँ ग्रस कमाएको छ ।
कतिपय हलबाट विवरण प्राप्त हुन बाँकी रहेकाले कमाइ अंक २ करोड रुपैयाँभन्दा माथि रहेको बताइएको छ ।
फिल्मको शुक्रबार दिउँसो १२ बजेसम्मको (आगामी दिनको एड्भान्स टिकट बिक्री पनि जोडेर) कमाइ ३ करोड ५० लाख ४० हजार ९१५ रुपैयाँ ग्रस पुगेको छ ।
अहिलेसम्म कुनै पनि हलिउड फिल्मले यो परिमाणमा नेपालमा ओपनिङ गर्न सकेका थिएनन् । हलिउड संचारमाध्यमका अनुसार, यो फिल्मले अन्तर्राष्ट्रिय बजारमा सोनीको दोस्रो सर्वाधिक सप्ताहन्त ओपनिङ गर्ने अनुमान गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4